चक्र मल्ल
डोटी, साउन २५ (ई-रैवार)
बडिकेदार गाउपालिका डोटीले सोलार बितरण गरेको छ । अति बिपन्न र उज्यालोबाट बन्चित भएका नागरिकलाई बडिकेदार गाउपालिकाले सोलार वितरण गरेको हो ।
बडिकेदार गाउपालिकामा रहेका अति बिपन्न र उज्यालोबाट बन्चित रहेका ५ वडाका १ सय ५० परविारलाई ५२ वाटको सोलार बितरण गर्ने गाउपालिका अध्यक्ष कृष्णबहादुर चन्दले बताए ।
पहिलो चरणमा वडा नम्बर ४ मा रहेका २० घरपरिवार र एक सवास्थ्य संस्था गरी २१ वोटा सोलार बितरण गरेको छ । गाउपालिकाका सबै वडामा बिस्तारै बिजुली नपुगेका घरपरिवारलाई सोलार वितरण गरिने अध्यक्ष कृष्णबहादुर चन्दले बताए ।



