महिला मैत्री कानुन बनाउन माग गर्दै नगर प्रमुखलाई ज्ञापन पत्र 

महिला मैत्री कानुन बनाउन माग गर्दै नगर प्रमुखलाई ज्ञापन पत्र 
Spread the love

 

डोटी, भदौ ११ (ई-रैवार)

महिला मैत्री कानुन बनाउन माग गर्दै दिपायल सिलगढी नगरपालीका प्रमुखलाई ज्ञापन पत्र बुझाइएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र न्याय तथा अधिकार संस्था जुरी नेपालले संयुक्त रुपमा दिपायल सिलगढी नगरपालीका प्रमुख मन्जु मलासीलाई ज्ञापन पत्र बुझाएको हो ।

महिला र बालबालिकासंग सम्बन्धित कानुन, नीति तथा कार्ययोजनाको तर्जुमा गर्दा मौलिक हकको कार्यान्वय संग सम्बन्धित कानुन बनाउन नगर प्रमुखलाई ज्ञापन पत्र बुझाइएको दलित समाज कल्याण संघ डोटीका अध्यक्ष कुमार सिह टेलरले बताएका छन ।

नगरपालीकाले बनाउने निति तथा कार्यक्रममा निशुल्क तथा अनिबार्य शिक्षा, भुमि माथिको पहुच, खाद्य सम्प्रभुताको अधिकार रोजगार सम्बन्धि हक, सामाजिक सुरक्षा, लैङ्गिक समानता, बालबालिकाको हक,अंपागता भएका व्यक्तिहरुको अधिकार सङ्ग सम्बन्धित कानुन तथा नीतिनिर्माण प्रक्रियामा नागरिक संस्थाको अनिवार्य सहभागिता हुनुपर्ने सहभागीहरुले बताएका थिए ।

संबिधानले परिकल्पना गरेबमोजिम लैङ्गिक समानता र सामाजिक समावेशीकरणको प्रबर्द्धनका लागि स्थानिय तहहरुले निति तथा कानुन तर्जुमा नगरेकोले ज्ञापनपत्र बुझाएको उक्त संस्थाका सामुदायीक बिकास अधिकृत शंकर बिश्वकर्माले बताएका छन ।