निषेधाज्ञा बारे डोटीमा छलफल, प्रशासन मौन भए स्थिती भयाबह हुन सक्ने

निषेधाज्ञा बारे डोटीमा छलफल, प्रशासन मौन भए स्थिती भयाबह हुन सक्ने
Spread the love

 

डोटी, भदौ ११ (ई-रैवार)

जिल्ला प्रशासन कार्यालय डोटीले निषेधाज्ञा गर्ने बिषयमा संचारकर्मिसंग छलफल गरेको छ । डोटीमा कोरोना संक्रमणको जोखिम बढ्दै जान थालेपछी जिल्ला प्रशासन कार्यालय डोटीले निषेधाज्ञा जारी गर्ने बिषयमा संचारकमि संग छलफल गरेको हो ।

सुदुरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर सहित केहि पहाडी जिल्लामा समेत कोरोनाको सम्भाबित जोखिममलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी भैसकेको अबस्थामा डोटीमा पनी निषेधाज्ञा जारी गर्ने गरी छलफल सुरु गरेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

प्रदेशका पहाडी जिल्ला मध्ये सबै भन्दा बढी कोरोना संक्रमित देखिएको डोटीमा सम्भाबित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गर्ने कि नगर्ने भन्ने बिषयमा छलफल केन्द्रित भएको प्रमुख जिल्ला अधिकारी भिम भट्टराइले बताएका छन।

पत्रकारहरु संगको भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भट्टराइले निषेधाज्ञा गर्नेबारेमा आबस्यक छलफल जारी रहेको बताएका छन । पत्रकारहरुले जिल्लामा समुदाय स्तरमै कोरोना फैलिसकेको अबस्थामा स्थिती भयाबह हुन सक्ने भन्दै निषेधाज्ञा जारी गर्न सुझाब दिएका छन ।

प्रमुख जिल्ला अधिकारी भट्टराइले निषेधाज्ञा जारी गर्ने बिषयमा गृह मन्त्रालय संग समन्वय भैरहेको भन्दै स्थानिय तहका जनप्रतिनिधि र स्वास्थ्य क्षेत्रका बिज्ञहरु संग पनी यस बिषयमा थप छलफल गरीने बताए ।

भरखै सरुवा भएर डोटी आएका प्रमुख जिल्ला अधिकारी भट्टराइले कोरोनाको जोखिम र अन्य समसामयिक बिषयमा पत्रकारहरु संग छलफल गरेका हुन । छलफलका क्रममा पत्रकारहरुले कोरोना नियन्त्रण र न्युनिकरणका सवालमा जिल्ला प्रशासनको भुमिका सन्तोषजनक नरहेको बताएका थिए ।

संकटका बिच जिल्लामा कालोबजारी बढेको, मदिराले बिक्रीवितरण र सेवनले बिकराल रुप लिदै गइरहेको, सवारी धनीहरुले मनपरी भाडा असुल्दा पनि प्रशासन मौन देखिएको जस्ता भएको बताएका थिए ।

पत्रकारहरुले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पलना गराउन प्रशासनले कडाइ गर्नु पर्ने प्रमुख जिल्ला अधिकारीलाई सुझाब दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी भट्टराइले थप योजनाका साथ अघि बढ्ने र त्यसका लागि पत्रकार संगै स्थानिय जनप्रतिनिधि लगायत नागरिक समाज र जिल्लाबासिहरुको साथ सहायोग आबस्यक रहेको बताएका छन ।