काठमाडौं,भदौ २७ (ई-रैवार)
कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा ३ जना महिला र ११ जना पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार पर्सामा ७८ वर्षीया, काठमाडौंमा ७६ वर्षीया महिला र तनहुँमा ७६ वर्षीया महिलाको मृत्यु भएको छ ।
यस्तै सुनसरीमा ४३ वर्षीया, काठमाडौंमा ५१, ५४, ७२ र ३८ वर्षीया, चितवनमा ६१ वर्षीया, स्याङ्जामा ८५ वर्षीया, गोरखामा ४५ वर्षीया, कास्कीमा ५१ वर्षीया , रुपन्देहीमा ६० वर्षीया र ४० वर्षीयावर्षीय पुरुषको मृत्यु भएको छ ।
योसँगै हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ३६ पुगेको छ ।


