बर्षौ देखि पुल निर्माण नहुदा समस्या झेल्दै आएका स्थानिय, पुल निर्माण भएपछि खुशी

बर्षौ देखि पुल निर्माण नहुदा समस्या झेल्दै आएका स्थानिय, पुल निर्माण भएपछि खुशी
Spread the love

 

एकेन्द्र चन्द

डोटी, भदौ ११ (ई-रैवार)

बर्षौ देखि पुल निर्माण नहुदा समस्या झेल्दै आएका स्थानिय पुल निर्माणपछि खुशी भएका छ्न । डोटीको पुर्बिचौकी गाउपालिका ७ टिमुरदहका स्थानीय यसपाली भने गण्डी गाडमा पुल निर्माण भएपछि निकै खुशी भएका हुन ।

स्थानीयलाई बर्खा याम सुरु भए पछि गाउँ वारिपारी गर्न र खेतको काम गर्न निकै सकस हुनेगरेको थियो तर यसपाली भने पुल निर्माण भएपछि यहाका स्थानियहरु निकै खुशी भएका छ्न ।

कहिले पुल निर्माण होला र कहिले हामिहरुका बर्खा यामका दु:ख अन्तहोला भन्ने आसमा थियौं, टिमुरदहका स्थानीय लोक बहादुर ढाट भने – बर्खा याम सुरु हुने बितिकै गाउको छेउमै रहेको खोलामा पानीको निकै बाहाब बढ्ने र खेतीपाती लगायत बिद्यार्थीलाई स्कुल आउन जान समेत समस्या हुनेगरेको थियो । अब गाडमा पुल बने पछि यो समस्याबाट यस ठाउका स्थानियले मुक्ति पाएका छ्न ।

पुल निर्माण उपोभक्ता समेतिका अध्यक्ष नन्द सिह महराले झोलुङ्गे पुल निर्माण भएपछि पुर्बीचौकी गाउपालिका ७ टिमुरदहका स्थानीय हर्षित भएको बताएका छन् । पुल नहुँदा स्थानीयहरु दैनिक आवतजावत गर्न पनि ज्यान जोखिममा राखेर वारपार गर्नु पर्ने बाध्य भएको थियो । पुल निर्माण भएपछि यो समस्या हटेको छ स्थानीय बिस्नु महराले भने– गएको बर्ष सघिय मामिला तथा स्थानिय बिकास मन्त्रालय र पुर्बीचौकी गाउपालिकाको आर्थिक सहयोग तथा केदार ग्रामीण समाज नेपालको प्राबिधिक सहयोगमा पुल निर्माण गरेको हो ।

अहिले यहाँ पुल बनेपछि स्थानीयलाई ओहोरदोहोर गर्न सहज भएको छ । स्थानिय ढाटले ज्यानको जोखिमबाट मुक्ति पाएको र ‘पुल नहुदा खोलामा पहिला कयौं विद्यार्थी र एक जना इन्जिनियर समेत बगेका थिए नदीमा ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य थियौँ, कतिको त बगेर ज्यान समेत गएको बताए ।

अनुमानित लागत ४६ लाख ८२ हजार पाँच सय २६ रुपैयाँ ४४ पैसा रहेको थियो भने पुलको लम्बाई ९३ मिटर रहेको छ र यहाँका १ सय ६ घर धुरी लाभान्वित भएको केदार ग्रामीण समाज नेपालको प्राबिधिक डम्बर बमले बताए ।