नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक अवरुद्ध
Spread the love

 

काठमाडौं, भदौ ११ (ई-रैवार)

सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज (बिहीवार) बिहान ७ बजेतिर सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको हो ।

पहिरो झरिरहेका कारण तत्काल पहिरो पन्छाउने काम हुन नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।