काठमाडौं, भदौ ११ (ई-रैवार)
महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या विश्वमा २ करोड ४३ लाख नाघेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ४३ लाख ३२ हजार २ सय ७५ पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ८ लाख २९ हजार ६ सय ६६ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।
अमेरिकामा संक्रमतिको संख्या ५६ लाख ८२ हजार ८ सय ११ र ब्राजिलमा ३६ लाख २२ हजार ८ सय ६१ पुगेको डब्लूएचओले जनाएको छ । तेस्रो नम्बरमा रहेको भारतमा संक्रमितको संख्या ३२ लाख ३४ हजार ४ सय ७४ पुगेको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशहरुमा फैलिसकेको छ ।


