दीपजङ्गको नेतृत्वमा जोरायल स्पोर्ट्स क्लब गठन

दीपजङ्गको नेतृत्वमा जोरायल स्पोर्ट्स क्लब गठन
Spread the love

जीवन बोहरा
जोरायल साउन २२(ई-रैवार): जोरायल गाउँपालिका छवटै वडाको करिब डेढसय जना युवाहरुको सहभागीता जोरायल स्पोर्ट्स क्लब गठन गरिएको छ ।
घण्टेस्वर सेती महाकाली बहुमुखी क्याम्पसको सभाहलमा भएको युवाहरुको भेलाबाट १७ सदस्यीय क्लबको समिति गठन गरेको हो ।
भेलाले सामाजिक अभियान्ता दिपजङ्ग मल्ललाई सर्बसहमतबाट अध्यक्षमा चयन गरेको छ । जसको उपाध्यक्षमा नरेश साउँद, पदम मल्ल र कर्ण देउवा गरी तिनजना चयन भएका छन् ।
त्यसै महासचिव भलिवलको क्षेत्रीय खेलाडी लोकेन्द्र साउँद सचिव्मा अनिल कठायत, कोषाध्यक्षमा भरत बोहरा चयन भएका छन् ।
सदश्यहरु सागर मल्ल, मनोज मल्ल, नसिव साउँद, योगेन्द्र मल्ल (युवराज), टेकेन्द्र रावल, लोकेन्द्र बोहरा, लक्ष्मण देउबा, बमबहादुर बोहरा र चक्र बोहरालाई चयन गरिएको छ ।
युवाहरुको उक्त भेलाले जोरायल गाउँपालिकामा हुँदै आएका बिक्रती बिसङ्गती तथा भ्रष्टाचारविरुद्ध पनि शसक्त अभियान सन्चालन गर्ने निर्णय गरेको छ ।
लोकतान्त्रिक व्यवस्थामा गम्भीर संकट परेको र प्राप्त उपलब्धिलाई बचाउन युवाले जागरुक हुनुपर्ने कुरामा युवाहरु एकमत भएका छन् ।