धनगढी, भदौ ९ (ई-रैवार)
धनगढीको निसर्ग अस्पतालको आईसियुमा उपचाररत एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ। आज साँझ आईसियुमा उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि भएका बिरामी तीन दिनदेखि आईसियुमा उपचाररत थिए । ती बिरामीलाई भेन्टिलेटरमा राखिएको थियो ।
निसर्ग अस्पतालको आईसियुमा उपचाररत संक्रमित बिरामीलाई अहिले सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा सारिएको छ। संक्रमित भेटिएपछि अस्पतालले आईसियु वार्ड सिल गरेको अस्पतालले जनाएको छ। अन्य सेवा भने यथावत रुपमा जारी छ।
आइसियुमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी र कर्मचारीलाई आज क्वारेन्टाइनमा राकिएको बताईएको छ ।
कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएका त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई क्वारेन्टाइनमा राकिएको अस्पतालका अध्यक्ष तिर्थ पन्तले जानकारी दिए । सम्पूर्ण स्वास्थ्यकर्मी र कर्मचारीहरुको भोलि पीसीआर परीक्षण गर्ने बताईएको छ ।


