आज मध्यरातबाट डोकेबजार क्षेत्रमा पूर्ण निषेधाज्ञा जारी

आज मध्यरातबाट डोकेबजार क्षेत्रमा पूर्ण निषेधाज्ञा जारी
Spread the love

 

महेन्द्रनगर,  भदौ ९ (ई-रैवार)

आज मध्यरातबाट डोकेबजार क्षेत्रमा पूर्ण निषेधाज्ञा जारी गरीएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पुनर्वास नगरपालिका–११ को डोके बजार तथा आसपासका क्षेत्र पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले १४ गतेसम्म पुनरवास नगरपालिका वडा नम्वर ११ को डोकेबजार र आसपासको क्षेत्र पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जानकारी दिए। उनले भारतबाट आउने नागरिकलाई भने आउन दिने बताएका छन ।

प्रशासनको निर्णय विपरीत कार्य गरेमा संक्रमण रोग ऐन २०२० तथा प्रचालित कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी खतिवडाले बताएका छन ।