काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक सोमबार दिउँसो २ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार १४औं महाधिवेशन पछि दोस्रो पटक बस्न लागेको बैठकमा राष्ट्रियसभा निर्वाचन मुख्य एजेण्डा रहेको छ । बैठकमा कोषाध्यक्ष मनोनित गर्ने, समसामयिक राजनीति, आसन्न राष्ट्रिय सभा निर्वाचन लगायत विषयमा छलफल हुनसक्ने उनले बताएका छन् ।
“राष्ट्रियसभा निर्वाचन बैठकको मुख्य एजेण्डा हो,” मुख्यसचिव पौडेलले भने, “त्यसबाहेक समसामयिक विषय त आउने नै भए ।” उनले राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका तर्फका उमेदवार तय गरेर दर्ता प्रक्रियामा जानुपर्ने भन्दै त्यसका लागि उमेदवार तय गर्ने निर्णय बैठकबाट हुने बताए ।
१४ औं महाधिवेशनपछि कांग्रेसको नयाँ कार्यसमितिको यो दोस्रो बैठक हो । कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक शनिबार बसेको थियो ।


