काठमाडौ, ७ भदौ (ई-रैवार)
नेपालमा ८ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा ८ सय १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ८ हजार २६ पीसीआर परीक्षण गरिएको थियो । हालसम्म जम्मा ६ लाख ४ हजार ४४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको बताएका छन् ।
पछिल्लो २४ घन्टामा २ सय ८१ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको छ । संस्थागत आइसोलेसनमा बस्नेको संख्या १३ हजार १ सय ५५ र क्वारेन्टाइनमा ११ हजार ४ सय १४ रहेको प्रवक्ता डा. गौतमले जनाएका छन ।
पछिल्लो २४ घन्टामा थप ३ जनाको मृत्यु भएको छ । नेपालमा आइतबार अपराह्नसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४९ पुगेको छ । पीसीआर परीक्षण आइतबारसम्म ६ लाख ४ सय ४४ गरिइसकेको प्रवक्ता गौतमले बताए ।


