संवैधानिक परिषद्को बैठक सकियो, संवैधानिक आयोगमा पदाधिकारी सिफारिस

संवैधानिक परिषद्को बैठक सकियो, संवैधानिक आयोगमा पदाधिकारी सिफारिस
Spread the love

काठमाडौँ, वैशाख २६ (ई-रैवार)

संवैधानिक परिषद्को बैठक सकिएको छ। विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्ती सिफारिस गर्दै प्रधानमन्त्री निवास बालुवाटरमा बसेको संवैधानिक परिषद् बैठक सकिएको हो।

आज बसेको परिषदको बैठकले लोकसेवा आयोगलगायत संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा विभिन्न व्यक्तिको नियुक्तिका लागि सिफारिस गरेको परिषद सदस्य रहेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । कुन आयोगमा कसको सिफारिस भन्ने खुलेको छैन् ।

बैठकले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न संवैधानिक निकायमा रिक्त पदमा नियुक्तिका लागि सिफारिस गरेको छ। अध्यादेशबाट दोस्रोपटक संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरिएको हो।

लोकसेवा आयोगमा  अध्यक्षसहित सबै पदाधिकारी रिक्त छन् भने अख्तियारमा दुई आयुक्त रिक्त छन्। यस्तै, महिला आयोग, वित्त आयोग, दलित आयोग लगायतका संवैधानिक निकायमा केही पद रिक्त छन्।

बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी थिए भने प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा सहभागी थिएनन्।

सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबिनै परिषद बैठक बस्न सक्ने गरी सरकारले संवैधानिक परिषद अध्यादेश ल्याएपछि कांग्रेसले उक्त अध्यादेशको विरोध गरिरहेको छ।