डडेल्धुरा, ७ भदौ (ई-रैवार)
डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४ सय २० जनाको कोरोना परीक्षण भएकोमा ३३ जनामा संक्रमण पुष्टि भएको हो ।
डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालका अनुसार अछामको मंगलसेन नगरपालिकाका १७ जना, पञ्चदेवल विनायक नगरपालिकाका ६ जना गरी २३ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक जना, डडेल्धुराकै अजगमेरु गाउँपालिकाका एक जना, बझाङको केदारस्यूँ गाउँपालिकाका २ जना, बझाङकै बुंगल गाउँपालिकाका १ जना, दार्चुलाको मालिकार्जुन गाउँपालिकाका एक जना, बैतडीको पाटन नगरपालिकाका २ जना, सुर्नया गाउँपालिकाका एक जना र जिल्ला अस्पताल बैतडीका एक जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज भूषालले बताए ।


