कोरोनाले विश्वमा ७ लाख ९५ हजार १ सय ३२ संक्रमितको मृत्यु

कोरोनाले विश्वमा ७ लाख ९५ हजार १ सय ३२ संक्रमितको मृत्यु
Spread the love

 

काठमाडौं,  भदौ ७ (ई-रैवार)

कोरोना संक्रमणका कारण विश्वमा ७ लाख ९५ हजारको मृत्यु भएको छ । विश्वका २ सय १६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ लाख ९५ हजार नाघेको हो ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ७ लाख ९५ हजार १ सय ३२ को मृत्यु भइसकेको छ । हालसम्म संक्रमितको संख्या २ करोड २८ लाख १२ हजार ४ सय ९१ पुगेको तथ्यांकमा उल्लेख छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।

विश्वमा पछिल्लो २४ घण्टामा ५ हजार ९ सय २६ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ९ सय २६ कोरोनम संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका २सय १६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख ९५ हजार १ सय ३२ जनाको ज्यान गइसकेको हो ।

संक्रमितको संख्या २ करोड २८ लाख १२ हजार ४ सय ९१ पुगेको छ ।