सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ

सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ
Spread the love

 

धनगढी, भदौ १४ (ई-रैवार)

युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । कैलालीको जानकी गाउँपालिका वडा नम्म्बर ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गर्ने ४ जना युवकलाई प्रहरीले पक्राउ गरिएको हो

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले सामूहिक बलात्कार गरेको आरोपमा जानकी गाउँपालिका ९ कै दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारालाई पक्राउ गरिएको जानकारी दिएका छन ।

पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक विष्टले बताए। युवतीमाथि गत भदौँ ११ गते राती सामूहिक बलात्कार भएको प्रहरीले जानकारी दिएको थियो ।