कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १ सय २० पुग्यो

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १ सय २० पुग्यो
Spread the love

 

काठमाडौं, भदौ ३ (ई-रैवार)

कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौं र बर्दियाका एक–एक छन् । त्यसैगरी मोरङ, भक्तपुर, चितवन र सुनसरीका एक–एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।