पछिल्लो २४ घण्टामा ६ सय ८१ कोरोना संक्रमित थप, संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुग्यो

पछिल्लो २४ घण्टामा ६ सय ८१ कोरोना संक्रमित थप, संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुग्यो
Spread the love

 

काठमाडौं, भदौ ३ (ई-रैवार) 

महामारीका रुपमा फैलिएको कोरोना भाइरसका ६ सय ८१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार ६ सय ८१ संक्रमित फेला परेका जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङका क्रममा छ सय ८१ संक्रमित थपिएका जानकारी दिए । यो सँगै देशभर कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।

उनले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १ सय २० जना डिस्चार्ज भएका पनि बताए । प्रवक्ता गौतमका अनुसार मंगलबारसम्म देशभर १७ हजार ७ सय जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार ५ सय २२ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ५ लाख ५४ हजार तीन सय ८८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।