पार्टी विभाजन रोक्न ६१ सांसदको हस्ताक्षर सार्वजनिक (नामावलीसहित)

पार्टी विभाजन रोक्न ६१ सांसदको हस्ताक्षर सार्वजनिक (नामावलीसहित)
Spread the love

 

काठमाडौं, साउन २५ (ई-रैवार)

ससत्तारूढ नेपाल कम्युनिस्ट पार्टी विभाजन रोक्न ६१ सांसदले हस्ताक्षर सार्वजनिक गरेका छन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६१ जना सांसदहरूले पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका हुन् ।

आइतबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै सांसदहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । कार्यक्रममा ६१ सांसदको हस्ताक्षर सार्वजनिक गरिएको थियो । उनीहरुले यो संख्या बढ्दै जाने दावी समेत गरेका छन् ।

पार्टी एकताका पक्षमा प्रतिवद्धता व्यक्त गर्न आयोजित भनिएको पत्रकार सम्मेलनमा सांसद कृष्णप्रसाद दाहालले भने – ‘हामी तीन नेता प्रधानमन्त्री केपी ओली, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्र्रचण्ड र नेता माधवकुमार नेपालकोमा जाने होेइन, उनीहरुलाई हाम्रोमा आउने बनाउँछौ ।’

पार्टी फुटाउनुभएन । एकताबद्ध भएर जानुपर्यो । सुदृढीकरण गर्दै जानुप्रयो । काम कुरो एका तिर कुम्लो ठिमीतिर हुनुभएन’, सांसद यज्ञराज सुनुवारले भने, ‘पार्टी फुट्ने हल्लाले हामी सवैलाई चिन्तित तुल्यायो । नेताहरुका गतिविधि हेर्दा कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर जस्तै भयो यस्तो गर्नुभएन भन्ने हाम्रो भनाइ हो ।’

यी हुन् पार्टी एकता हुन नदिने भन्दै हस्ताक्षर गर्ने ६१ सांसदहरू