कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतक संख्या ४ सय ५९ पुग्यो

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतक संख्या ४ सय ५९ पुग्यो
Spread the love

काठमाडौं, असोज ९ (ई–रैवार)

रोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६  जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा ३ महिला र ३ पुरुष छन् ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ ।

बिहीबार कोरोना संक्रमणबाट देशभर १७ जनाको मृत्यु भएको थियो । बुधबार कोरोना संक्रमणबाट ७, मंगलबार २ जनाको र सोमबार १६ जनाको मृत्यु भएको थियो ।