महाकाली तरेर क्वारेन्टाईनमा बसे दार्चुलाका १९ जना

महाकाली तरेर क्वारेन्टाईनमा बसे दार्चुलाका १९ जना
Spread the love

दार्चुला चैत्र २१(ई-रैवार)
लकडाउनका कारण नाकाबाट घर आउन नपाएका दार्चुलाका १९ जना महाकाली तरेर क्वारेन्टाईन पुगेका छन् ।
दार्चलाको व्याँस गाउँपालिकाका १९ जना महाकाली तरेर क्वारेन्टाइनमा बस्न आएका हुन । उनीहरु गाउँपालिकाले स्थापना गरेको सम्पाल मावि सुन्सेरामा रहेको क्वारेन्टाइनमा बस्न गएका छन् ।
यसरी आउनेहरुमा व्याँस गाउँपालिका—३ का अमर कुवर, कुसल सिंह धामी, विक्रम सिंह धामी, रमेश कुवर, भुपेन्द्र सिंह धामी, पोखर सिंह डडाल, मोहन सिंह कुवर, कल्यान सिंह कुवर, सुविर सिंह धामी, रमेश धामी, नरेन्द्र कुवर, दिलिप धामी, उमेश सिंह धामी, रुप सिंह धामी, अकबर कुवर, भरत धामी र दिपेश कुवर रहेका छन् ।
यस्तै भारतबाटै फर्किएका वडा नम्बर ४ डोकटका कल्याण विष्ट र प्रेम सिंह विष्ट पनि क्वारेन्टाइनमा बस्न आएका छन् ।
साथै १४ दिन सम्म क्वारेन्टाइनमा बस्नु पर्ने बारे गाउँपालिकाले आग्रह गरिरहेकाले आफूहरु पनि क्वारेन्टाइनमा बस्न तयार भएर आएको उनीहरुले बताएका छन् ।
भारतमा खान, बस्न अप्ठ्यारो भएपछि जोखीम मोलेरै भएपनि आफ्नै देशमा आएको भुपेन्द्र सिंह धामीले बताए । कोरोना रोगबारे आफूहरुलाई ज्ञात भएको बताउदै सचेत नागरिकको परिचय दिन पनि आफै क्वारेन्टाइन आएको उनकोे भनाइ छ ।