धनगढी, साउन २५ (ई-रैवार)
नेपालमा आइतबार थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९ सय ७२ पुगेको छ ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा थप ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित नेपालमा हालसम्म १६ हजार ३ सय ५३ उपचारपछि निको भएका छन् । कोरोना संक्रमणबाट १६ हजार ३ सय ५३ जना डिस्चार्ज भएका छन् ।
सुदूरपश्चिम प्रदेशमा थप १५ जनामा कारोना संक्रमण पुष्टी
सुदूरपश्चिम प्रदेशमा थप १५ जनामा कारोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टाको अवधीमा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा धनगढीका ३ तथा डडेल्धुरा अस्पतालको प्रयोगशालामा १२ जनामा संक्रमण पुष्टी भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डडेलधुरा अस्पतालमा गरिएको स्वाव परिक्षणमा बैतडीका १, डडेल्धुराका ३ र डोटीका ७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
यसैगरी आइतबार दिउँसो ३ बजे सम्म सेती प्रादेशिक अस्पतालमा गरिएको ३ सय ५२ जनाको स्वाव परिक्षणमा धनगढी उप–महानगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
सेती प्रादेशिक अस्पतालले जारी गरेको कोरोना भाइरसको उपचार र परिक्षण सम्बन्धी पछिल्लो विवरण अनुसार कोरोना पुष्टी हुनेमा धनगढी उप–महानगरपालिका–४ का २७ र २८ बर्षे दुई पुरुष तथा वडा नम्बर–८ का ४० बर्षे पुरुष रहेका छन् ।


