‘एनएचएनबि’ ब्राण्डको शाखा बागलुङमा शुभारम्भ

‘एनएचएनबि’ ब्राण्डको शाखा बागलुङमा शुभारम्भ
Spread the love

बागलुङ, २०८२ असार, २० । पुरुषहरुका तयारी पोशाकमा चर्चित नेपाली ब्राण्ड ‘एनएचएनबि’ (एन हम्बल न्यू बिगिनिङ्ग)ले बागलुङमा शाखा विस्तार गरेको छ । बिहिबार उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष राजनकुमार शाक्यले बागलुङको क्लासिक कलेक्शनमा उक्त ब्रान्डको शुभारम्भ गर्नुभयो ।

अमेरिकाबाट फर्केर ब्राण्डको सुरुवात गरेका आकाश श्रेष्ठले चौथो शाखा बागलुङमा संचालनमा ल्याएको जानकारी दिनुभयो । उहाँले स्वदेशमै केही गर्नुपर्छ भनेर ब्राण्ड संचालनमा ल्याएको बताउँदै देशमा कोशिष गरिरहेको बताउनुभयो । उहाँले बागलुङमा क्लासिक क्लेक्सनसँग जोडिएर ब्राण्डको शाखा विस्तार गरिएको बताउनुभयो । विश्व बजारमा पछिल्लो समय आएका फेसनको ट्रेन्डलाई ध्यानमा राखेर पोशाक उत्पादन गरिरहेको कम्पनीले जनाएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष राजनकुमार शाक्यले युवाहरु व्यवसायमा जोडिनु सुखद रहेको बताउनुभयो । उहाँहरुले विदेशिएका युवाहरु स्वदेशमा फर्केर नेपाली ब्राण्डको रुपमा व्यवसायमा आउनुले देशको अर्थतन्त्रमा सहयोग पुग्ने बताउनुभयो ।

क्लासिक कलेक्सनका संचालक तथा एनएचएनबि ब्रान्डका बागलुङमा विक्रेता इश्वर खत्रीले विगत १० वर्षदेखि व्यवसाय गर्दै आएको बताउनुभयो । ‘केही वर्ष बैदेशिक रोजगारीमा विदेशमा रहेपनि आफ्नै देशमा केही गर्नुपर्छ भनेर विगत १० वर्षदेखि बागलुङ बजारमा व्यवसाय संचालन गरिरहेको छौं,’ खत्रीले भन्नुभयो,‘अहिले ब्राण्डसँग जोडिएर व्यवसायलाई थप व्यवस्थित गरेका छौं ।’

महिलाहरुका तयारी पोशाक विक्री गर्दै आएको क्लासिक कलेक्सनले एनएचएनबि ब्राण्डमा उत्पादिन पुरुषहरुका तयारी पोशाकहरु समेत विक्रीमा ल्याएको हो । ४० लाखको लगानीमा व्यवसाय संचालन गरिरहेको संचालक खत्रीको भनाई छ ।