थप १३ जनामा कोरोना संक्रमण

थप १३ जनामा कोरोना संक्रमण
Spread the love

काठमाण्डौं जेठ ७ (ई-रैवार)

रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रयोगशाला स्रोतले जानकारी दिएको छ ।

भारतबाट फर्किएर क्वारेण्टाइनमा बसेका उनीहरु १२ जना कपिलवस्तु र एकजना रुपन्देहीका युवक रहेको बताइएको छ ।

यद्यपी यो खबरलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो समाचार तयार पार्दासम्म पुष्टी गरेको छैन ।