विश्वभर कोरोना संक्रमित र मृत्यु हुनेको संख्या घट्दै, संक्रमणबाट हालसम्म ४० लाखकाे मृत्यु

विश्वभर कोरोना संक्रमित र मृत्यु हुनेको संख्या घट्दै, संक्रमणबाट हालसम्म ४० लाखकाे मृत्यु
Spread the love

काठमाडौँ, असार २२ (ई–रैवार) 

विश्वभर पछिल्लो समयमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या घट्दै गएको छ । वर्ल्डोमिटर्स डट इन्फोका अनुसार विश्वभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या घट्दै गएको हो ।

विश्वभर पछिल्लो २४ घण्टामा ६ हजारको मात्रै मृत्यु भएको छ । हालसम्म विश्वभर ४० लाख ५२० जनाको मृत्यु भएको छ । विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ३६ जना संक्रमित थपिएका छन् । हालसम्म सक्रिय कोरोना संक्रमण हुनेको संख्या १६ करोड ९२ लाख ९२ हजार जना भन्दा बढि छन् । ब्राजिल, भारत र अमेरिकामा पनि दैनिक मृत्युदर हजारभन्दा तल झरेको छ । अधिकांश मुलुकमा सयभन्दा तल झरेको छ ।

वर्ल्डोमिटर्स डट इन्फोका अनुसार विश्वभर हाल कोरोना संक्रमितको संख्या भने १८ करोड ४९ लाख २३ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्मको सक्रिय केशमध्ये ७७ हजार ७४० जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ करोड ४५ लाख ९८ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ६ लाख २१ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ३ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ करोड ९१ लाख ११ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ४८ लाख ६५ हजारमा भाइरस सक्रिय छ ।

दोस्रो नम्बरमा रहेको भारमा मृत्यु हुनेको संख्या ४ लाख ३ हजार ३१० जना पुगेको छ । पछिल्लो २४ घण्टामा ३४ हजार ६७ जना नयाँ संक्रमित थपिएका छन् भने ५५२ जनाको मृत्यु भएको छ । भारतमा संक्रमित संख्या हालसम्म ३ करोड ६ लाख १८ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दोस्रो नम्बरमा छ । त्यसैगरि हालसम्म २ करोड ९७ लाख ४४ हजार जना निको भएका छन् । सक्रिय केस ४ लाख ७० हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा २२ हजार संक्रमित भएका छन् । ७५४ जनाको मृत्युसँगै कुल मृत्यु हुनेको संख्या ५ लाख २५ हजारभन्दा बढी छन् । हाल ११ लाख १५ हजार जनामा कोरोना भाइरस सक्रिय छ । १ करोड ८७ लाख ९२ हजार जना संक्रमितमध्ये १ करोड ७१ लाख ५१ हजार निको भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्रो नम्बरमा छ ।

नेपालमा भाइरस संक्रमित ६ लाख ४६ हजार ३६७ जना पुगेका छन् भने ६ लाख ११ हजार ४२९ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ९ हजार २४८ पुगेको छ भने २५ हजार ६९० जना उपचाररत छन् ।