त्रिनगर-गौरीफन्टा नाका दुई दिन बन्द हुने

त्रिनगर-गौरीफन्टा नाका दुई दिन बन्द हुने
Spread the love

धनगढी, वैशाख ४ (ई-रैवार)

गौरीफन्टा नाका दुई दिन बन्द हुने भएको छ । कैलालीसंग जोडिएको त्रिनगर- गौरीफन्टा नाका बन्द गरिने भएको हो ।

भारतमा स्थानीय तहको निर्वाचन हुन गईरहेकोले हाल सञ्चालनमा रहेको गौरीफन्टा नाका बन्द गरिने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

बैशाख ५ गते साझदेखि ६ गतेसम्म नाका पूर्ण रुपमा बन्द हुने कैलाली प्रशासनले जनाएको छ । गौरीफन्टा नाका भएर अहिले दैनिक हजारौ नेपाली स्वदेश फर्किरहेका छ्न ।

भारतको पश्चिम बंगालमा विधानसभा निर्वाचनअन्तर्गत पाँचौँ चरणको मतदान जारी छ । पश्चिम बंगालको नेपालीभाषीको बाहुल्यता रहेको दार्जिलिङसहित ६ जिल्लामा ४५ सिटका लागि मतदान भइरहेको हो ।

नेपाली भाषीको बाहुल्यता रहेको पहाडी जिल्ला दार्जिलिङ, कालिम्पोङ र खरसाङ गरी तीन निर्वाचन क्षेत्रमा भारतीय जनता पार्टी, तृणमूल कांग्रेससँग गठबन्धन गरेर गोर्खा जनमुक्ति मोर्चा चुनावी मैदानमा छ ।

त्यहाँ अप्रिल २२ मा छैटौँ, २६ मा सातौँ र २९ मा आठौँ चरणको मतदान हुनेछ  । मत परिणाम मे २ मा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ।