डोटी, असोज ३१ (ई-रैवार)
बडादशैँको आज तेस्रो दिन पनि मान्यजनबाट टीका लगाइँदैछ । विजया दशमीमा टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्त तथा मान्यजन कहाँ गएर आज तेस्रो दिन पनि टीका लगाउने प्रचलन रहेको हो ।
नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ ।
बडादशैँमा यसवर्ष कोरोना सङक्रमण जोखिम कायमै रहे पनि गत वर्षभन्दा चहलपहल बढेको छ । खोप लगाउनेको संख्या बढ्दै गएको तथा संक्रमण पनि घट्दै गएपछि सरकारले यसपटक दशैँलगायतका चाडबाडमा विगतमा जस्तो कडिकडाउ गरेको छैन ।
माता दुर्गाको महाप्रसादका रूपमा रहेको रातो अक्षता र हरीया पहेंला जमरा ग्रहणगर्न एवम् निधार खाली नराख्न, अग्रजका आशिष ग्रहण गर्न आज पनि मानिसहरूलाई चटारो नै छ तर यस कोरोना कहिले गर्दा प्राय: मानिसहरू समाजिक सञ्जाल बाटै आफ्ना आफन्त सँग भेटघाट गरिरहेका छन्।


