डोटी, कार्तिक ११ (ई-रैबार)
शिखर नगरपालिका डोटीमा वाडिपहिरोवाट मृत्यु भएका परिवारलाई घरमै गएर राहत स्वरुप आर्थिक सहयोग गरिएको छ । शिखर नगरपालिका वडा नं ११ डासिका कटे वलायरलाइ घरमै गएर नगर प्रमुख सिताराम जोशीले राहात स्वरुप आर्थिक सहयोग गरेका हुन ।
यहि कात्तिक २ गते पहिरो संगै आएको ढुङ्गा लागेर कटेवलायरकी श्रीमती कमला वलायरको मृत्यु भएको हो । वुधवार शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले मृतकका परिवारलाइ नगरपालिकाको तर्फवाट १ लाख र शिखर नगरपालिकाका लेखापाल रतन माझीको तर्फवाट ५ हजार नगद मृतकका परिवारलाइ हस्तान्तरण गरेको छ ।
नगरपालिकाले वाढीपहिरोवाट मृत्यु भएका परिवारलाइ सवै भन्दा पहिले घरमै गएर राहत स्वरुप आर्थिक सहयोग गरेको शिखर नगरपालिका डोटीका नगर प्रमुख सिताराम जोशीले वताए ।
नगरपालिकामा वाढीपहिरोवाट धेरै धनजनको क्षति भएको उल्लेख गर्दै नगर प्रमुख सिताराम जोशीले भने – ‘नगरपालिकाले दिन सक्ने राहात नगरपालिकाले अनि अरु क्षतिको विवरण संकलन गरेर रातककालागि प्रदेश सरकार र संघ सरकारलाइ सिफारिस गरिरहेका छौ ।’
असोज ३१ देखि ३ गते सम्म परेको अविरल वर्षाका कारण शिखर नगरपालिकामा १ जनाको मृत्यु, दर्जनौ घरमा पूर्ण क्षति, सयौ भौतिक संरचनामा क्षति, हजारौ रोपनी जमिन वाढी पहिरोले वगाएको थियो ।


