कोरोनाबाट थप एक पुरुषको मृत्यु, विराटनगरमा मृतकको संख्या १० पुग्यो

कोरोनाबाट थप एक पुरुषको मृत्यु, विराटनगरमा मृतकको संख्या १० पुग्यो
Spread the love

 

विराटनगर, भदौ ८ (ई-रैवार)

कोरोना भाइरसको संक्रमणबाट मोरङको विराटनगरमा थप एक पुरुषको मृत्यु भएको छ । विराटनगर महानगरपालिका ८ का ६५ वर्षीय पुरुषको कोसी अस्पतालमा रहेको कोभिड–१९ उपचार केन्द्रमा आइतबार राति मृत्यु भएको हो  ।

विराटनगर  महानगर उपप्रमुख इन्दिरा कार्कीका अनुसार बिहीबार स्वाब संकलन गरिएको मृतकको आइतबार रिपोर्ट पोजिटिभ आएको थियो । उनमा संक्रमण पुष्टि भएपछि आइतबार साँझ ६ वजे अस्पताल भर्ना गरिएको थियो । तर त्यसको ५ घण्टापछि नै राति ११ वजे मृत्यु उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो सँगै विराटनगरमा मात्रै कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । विराटनगरमा संक्रमितको संख्या ८ सय १३ पुगेको छ ।