काठमाडौं, असोज २१ (ई-रैवार)
पोखरा राइनोज बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाईनलमा प्रवेश गरेको छ।
आज भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्सलाई ७ विकेटले पराजित गर्दै पोखरा राइनोज पहिलो पटक ईपीएलको फाईनल पुगेको हो । दोस्रो र तेस्रो संस्करणको उपविजेता भैरहवा भने बाहिरिएको छ।
पोखराले अब उपाधिका लागि शनिबार उपाधिका लागि चितवन टाईगर्ससंग खेल्ने छ । पहिलो क्वालिफायरमा पोखरालाई नै हराएर चितवन फाईनल पुगिसकेको छ ।
भैरहवाले दिएको १२० रनको लक्ष्य पोखराले १८.२ ओभरमा ३ विकेट गुमाएर १२३ रन बनाउँदै पूरा गर्यो। पोखराको जितमा साहान अराचचिगेले अर्धशतक बनाए ।


