काठमाडौं, कार्तिक २२ (ई-रैवार)
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टसहित देशभरका ४ सय १५ जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट देशभर ४ सय १५ जना पत्रकारहरु कोरोना संक्रमण पुष्टि भएको हो ।
देशभर शनिबारसम्म नेपाल पत्रकार महासंघका महासचिव विष्टसहित ४ सय १५ जना पत्रकारहरुमा कोरोना संक्रमण पुष्टि भएको पत्रकार महासंघले जनाएको छ ।
नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहालले शनिबार महासचिव रमेश विष्टसहित देशभरका चार सय १५ पत्रकारहरु संक्रमित भएका जानकारी दिएका छन । जसमध्ये ८६ जना पत्रकारहरु विभिन्न अस्पतालसँगै होमआइसोलेनमा छन् ।
उनले कुल संक्रमित पत्रकारमध्ये आधाभन्दा बढी संक्रमण मुक्त भइसकेका पनि जानकारी दिएका छन् । नेपाल पत्रकार महासंघले शनिबारसम्म कोरोना भाइरसबाट ५ जना पत्रकारको मृत्यु भइसकेको पनि जनाएको छ ।


