प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने यी हुन् एमालेका २२ सांसद

Spread the love

काठमाडौँ, साउन ३ (ई–रैवार)  

नेकपा एमालेका २२ सांसदले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् ।

विश्वासको मतका लागि भएको मतदानमा मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् । यसअघि केपी शर्मा ओलीसँगै रहेका केही सांसद तथा पूर्वमन्त्रीले समेत प्रधानमन्त्री देउवालाई मतदान गरेका हुन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका केही सांसद अनुपस्थित भए पनि अधिकांशले मत दिएका थिए ।

प्रधानमन्त्री देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।

त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।