सुदूरपश्चिम प्रदेशमा आज १८५ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

Spread the love

धनगढी, जेठ २२ (ई-रैवार) 

सुदूरपश्चिम प्रदेशमा आज थप १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका ३ वटा प्रयोगशालामापछिल्लो २४ घण्टामा ४१० नमुना पीसीआर र ४ वटा सीमानाकामा ७ सय ८ नमूना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १८९ जनाको नमूना परीक्षण गर्दा २२ जना, डडेल्धुरा अस्पतालमा १२५ जनाको नमुना परीक्षण गर्दा २४ जना, अछामको कमलबजार प्रोगशालामा ९६ जनाको परिक्षण गर्दा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।

पछिल्लो २४ घण्टामा ७ सय ९४ जनाले कोरोना जितेका छन । हालसम्म प्रदेशभर संक्रमण पुष्टि भएका ३० हजार ३१२ जनाले कोरोना जितेका छन्। हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ३५ हजार २७६ नमूना परीक्षण गर्दा ४१ हजार १२६ जनामा संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमणबाट सुदूरपश्चिममा ४ जनाको मृत्यु भएको छ । जसमा कैलालीका २ जना, कञ्चनपुरका र डडेल्धुराका १(१ जना रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ३८ पुगेको छ ।