काठमाडौं, साउन १७ (ई-रैवार)
सभामुखका सुरक्षामा खटिएका प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सभामुख अग्निप्रसाद सापकोटाका सुरक्षामा खटिने एकजना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
उनमा कोरोना देखिएपछि शुक्रबार सभामुखको सचिवालयका कर्मचारी, सुरक्षार्थ खटिएका सुरक्षाकर्मी सबैको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको जनाएको छ ।
सुभामुखको सचिवालय स्रोतका अनुसार कोरोना देखिएका सुरक्षाकर्मी सभामुख सापकोटाको अगाडि लाग्ने अगुवा गाडीमा सवार हुन्थे ।
साउन ६ गतेसम्म ड्युटीमा आएका उनको प्रहरी हेडक्वार्टरमा परीक्षण गर्दा कोरोना परीक्षण देखिएको हो । सचिवालय स्रोतका अनुसार ती सुरक्षाकर्मी साउन ६ गतेपछि ड्युटीमा आएका छैनन् ।
त्यस अघि सम्पर्कमा रहेकाहरुमा कोरोना संक्रमण हुनेसक्ने आशंकामा सचिवालयमा खटिएका सबैको स्वाब संकलन गरिएको हो ।


