एनआईसी एशिया बैंकद्वारा गरिब र मजदुरलाई खाद्यान्न प्रदान

एनआईसी एशिया बैंकद्वारा गरिब र मजदुरलाई खाद्यान्न प्रदान
Spread the love

धनगढी चैत्र २२(ई-रैवार)
एनआईसी एशिया बैंकले लकडाउनबाट प्रभावित गरिब तथा मजदुरलाई खाद्यान्न र राहत सामग्री प्र्रदान गरेको छ । बैंकले तीनलाख ७५ हजार रुपैयाँ बराबरको सामाग्री प्रदान गरेको हो ।
बैंकले लकडाउनका कारण छाकटार्न समस्या भएका कैलाली र कञ्चनपुरका एकसय ९० परिवार गरिब तथा मजदरलाई स्थानीय तहमार्फत सामाग्री प्रदान गरेको बैंकका सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख टेकराज भट्टले जनाए ।
कञ्चनपुरको बेतकोट नगरपालिका, कैलालीको गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, बर्दगोरिया कैलारी र जोशीपुर गाउँपालिकाका प्रमुख मार्फत गरीव तथा बिपन्न परिवारलाई चामल, दाल, नुन तेल लगायतका अत्यावश्यकीय दैनिक उपभोग्य वस्तु प्रदान गरिएको बैंकले जनाएको छ ।

बिपतको घडीमा सामाजिक उत्तरदायित्व बहन गर्दै अप्ठ्यारोमा परेका बर्गलाई बैंककातर्फबाट अत्यावश्यकीय उपभोग्य वस्तु प्रदान गरिएको प्रमुख भट्टले बताए ।