काठमाडौं, असार २६ (ई–रैवार)
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न पौने ६ बजे राष्ट्रपति भवन शीतलनिवास पुगेका हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच पौने ६ बजेदेखि भेटवार्ता सुरु भएको स्रोतले जानकारी दिएको छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता जारी रहेको सुरक्षा स्रोतले पुष्टि गरेको छ ।


