धनगढी, जेठ २० (ई-रैवार)
नेपालमा आज थप ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ५३१ पीसीआर परीक्षणमा ५८२५ र ३ हजार २११ एन्टिजेन परीक्षणमा १ हजारगरी ६,८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
यससँगै नेपालमा कोरोना संक्रमितको ५ लाख ७६ हजार ९३६ पुगेको छ । हाल देशभर कोरोनाको सक्रिय संक्रमित १ लाख १ हजार ८३९ जना रहेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ९ सय ४ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ । हाल संक्रमण निको हुने दर ८१ प्रतिशत रहेको छ । क्वारेन्टाइनमा ८३१ जना छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ६३० पुगेको छ ।


