काठमाडौं, असार २६ (ई–रैवार)
नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरू भएको छ। दिउँसो साढे २ बजे बस्ने भनिएको बैठक ढिलागरी सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक सुरु भएको होसुरु भएको हो ।
यसअघि आन्तरिक छलफलको लागि भन्दै ओली- नेपाल पक्षले छुट्टाछुट्टै छलफल गरेको थियो। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक जारी छ ।
बैठक अघि माधव नेपाल पक्षीय कार्यदलका सदस्यहरुले नेपालको निवास कोटेश्वरमा छलफलका लागि पुगेका थिए । नेपाल पक्षबाट संयोजकसमेत रहेका भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायत नेताहरु नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।
यसअघि, आजै कार्यदलमा ओली पक्षबाट संयोजकसमेत रहेका नेता सुवास नेम्वाङ र सदस्य विष्णु पौडेल तथा संयोजक रावलबीच सिंहदरबारमै केही बेर छलफल भएको थियो । नेताहरुले आज दुई पक्षबीच सहमति हुने बताउँदै आएका छन् । सो छलफलबाट उनीहरु फर्किएसँगै सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक सुरु भएको हो ।
केही कुराहरू अझ मिल्न बाँकी रहेकाले आज पनि छलफल गर्ने र आजै सहमतिमा पुग्ने अपेक्षा रहेको नेपालनिकट एक कार्यदल सदस्यले बताए। सम्भवत: आजै सहमतिको प्रयास गर्छौं। नभए भोलि पनि बस्छौं। केही कुरा अझै मिल्न बाँकी छ। त्यही मिलाउने कोसिस गर्नेछौं’,उनले भने।
शुक्रबार बसेको कार्यदलको बैठकमा सहमति जुटेको र आज औपचारिक घोषणा हुने नेताहरुले दावी गरेका थिए । शुक्रबार झण्डै ८ घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवाद निम्त्याएका एजेण्डामा सहमति जुटाएको नेताहरुको थियो ।
कार्यदलका सदस्य एवम् एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार भाषिक शुद्धता लगायतका विषयलाई पूर्णता दिएर टुङ्ग्याउने जानकारी दिएका थिए । त्यस्तै कार्यदल सदस्य गोकर्ण विष्टले पनि लामो छलफलपछि सहमतिमा पुगेको बताएका थिए ।
कांग्रेस सभापति देउवाको पक्षमा भएको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले लिँदै आएका छन्।
हस्ताक्षर फिर्ता लिएमा प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता हुनुपर्ने अडान नेपाल पक्षको छ। दुबै पक्षलाई मान्य हुनेगरी बीचको बाटो खोज्ने प्रयास कार्यदलले गरेको छ।


