गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत

Spread the love

पोखरा, असार ४ (ई-रैवार)

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत मागेका छन् । मुख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेश गरेका हुन् ।

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार आज विश्वासको मत मागेका हुन् ।

आज बसेको प्रदेश सभा बैठकमा बोल्दै उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन्। मुख्यमन्त्री पोखरेलले अहिलेको व्यवस्था रक्षाका लागि मत दिन आग्रह गरेका थिए।

कांग्रेसबाट मुख्यमन्त्री बनेका पोखरेललाई माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका साथै स्वतन्त्र सांसद दीपक मनाङेको साथ रहेको छ।

निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि प्रतिपक्ष दलको गठबन्धनका तर्फबाट पोखरेल जेठ २९ गते मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री नियुक्त हुँदा पोखरेलका पक्षमा ३१ जना सांसद थिए।

अहिले उक्त प्रस्तावमाथि छलफल शुरु भएको छ । निवर्तमान मुख्यमन्त्री गुरुङले आफ्ना कुरा प्रदेश सभामा राखिरहेका छन ।