सेती नदीमा एक बालकको डुबेर ज्यान गयो

सेती नदीमा एक बालकको डुबेर ज्यान गयो
Spread the love

बझाङ, असोज २१ (ई-रैवार)

सेती नदीमा एक बालकको डुबेर ज्यान गएको छ । बझाङको थलारा गाउँपालिका–९ मालुमेलास्थित सेती नदीमा ९ वर्षीय बालक दिवश खड्काको मंगलबार सेती नदीमा डुबेर ज्यान गएको हो ।

बिहान घरबाट निस्केका विवशको दिउँसो कसैले खोजी नगरेको र वेलुकी ६ बजे खोजीका क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख रुपक खड्काले बताएका छन ।

विवशले नुहाउन भनी कपडा खोलेर किनारमा राखेको हुँदा डुबेर ज्यान गएको हुनसक्ने प्रहरी प्रमुख खड्काको भनाई रहेको छ ।