सेती प्रादेशिक र कञ्चनपुर अस्पतालमा आइतबार २० जनामा कोरोना संक्रमण पुष्टि

Spread the love

धनगढी, जेठ ३० (ई-रैवार)

सेती प्रादेशिक र कञ्चनपुर अस्पतालमा आइतबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा अस्पतालमा ९७ जना को नमुना परीक्षण गर्दा थप ३ जना र कञ्चनपुरमा पिसीआरबाट ९ र एन्टीजेनबाट ८ जनागरि थप १७ जनामामा संक्रमण कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा सेती अस्पतालमा १ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने २ जना अस्पताल भर्ना भएका छन् । पछिल्लो २४ घण्टामा कसैको कोरोनाका कारण मृत्यु नभएको अस्पतालले जनाएको छ ।

त्यस्तैगरि कञ्चनपुरमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिएकी छन् । पछिल्लो २४ घण्टामा ५७ जना संक्रमण मुक्त भएको छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कसैको पनि कोरोना संक्रमणका कारण मृत्यु नभएको कम्प्युटर अपरेटर भट्टले जानकारी दिईन् ।