टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी र ४ प्रशिक्षक सहभागी हुने

टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी र ४ प्रशिक्षक सहभागी हुने
Spread the love

काठमाडौं, असार ३० (ई–रैवार)

टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी सहित ४ प्रशिक्षक सहभागी हुने भएका छन्। अगामी जुुलाई २३ तारिखदेखी जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी सहित ४ प्रशिक्षक सहभागी हुनेभएका हुन ।

नेपाल ओलम्पिक कमिटिले मंगलबार पत्रकार सम्मेलन गर्दै टोकियो ओलम्पिकमा नेपालबाट खेलाडी,  प्रशिक्षक र पदाधिकारी गरि २६ सदस्सीय टिम सहभागी हुने जनाएको छ ।त्यसबाहेक अन्य पदाधिकारी रहेका छन् ।

टोकियो ओलम्पिकमा पौडीबाट गौरिका सिंह,  एलेक्जेन्डर शाह (एलेक्स),  एथलेटिक्सकी सरस्वती चौधरी,  सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्ने छन्। प्रशिक्षकमा पौडीका शंकर कार्की,  सुटिङका असिम यादव,  जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्रकुमारी मल्ल रहेका छन् ।

ओलम्पिकको उद्घाटनको मार्च पासमा गौरिका सिंहले नेपालको झण्डा बोक्ने छिन् । यस्तै टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवाल रहेका छन् ।