काठमाडौं, जेठ ३० (ई-रैवार)
नेपालमा आज थप २४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४०६ नमुनाको परीक्षण गर्दा पीसीआर विधिबाट १६९४ जना र एन्टिजेन विधिबाट ७१३ जनागरी २४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४५३, कास्कीमा १५८, ललितपुरमा ११२, नुवाकोटमा ९१ र झापामा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै मोरङमा ६१, भक्तपुरमा ५८, सिन्धुपाल्चोकमा ५७, लमजुङमा ५१, रूपन्देहीमा ४७, धादिङमा ४३, सिहरामा ४१ र गोरखामा ३९ जना कोरोना संक्रमित थपिएका छन् ।
तनहुँमा ३०, सप्तरी, सर्लाहीमा २५, सुनसरीमा २४, धनुषा र काभ्रेपलाञ्चोकमा २३/२३ जना, सिन्धुलीमा २२, बाँकेमा २१, अछाममा १९, दाङमा १४, रौतहटमा १३, म्याग्दीमा१२, बर्दियामा ११, कञ्चनपुरमा १० जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै स्याङजा, अर्घाखाँची, नवलपरासी पश्चिम र कैलालीमा ८/ ८ जना, महोत्तरीमा ७, उदयपुर र कपिलवस्तुमा ६/६ जना, रामेछाप र डोटीमा /४ जना,मकवानपुरमा ३, पाँचथर,संखुवासभा, पर्सा, रसुवा, बागलुङ, पाल्पा र रूकुम पुर्वमा २/२ जना तथा इलाम, ओखलढुंगा, धनकुटा, भोजपुर, सोलुखुम्बु, बारा, चितवन, नवलपरासी पूर्व, पर्वत, गुल्मी, प्युठान, सल्यान, बझाङ, बाजुरा र बैतडीमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्ष मुनिका ४८ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेरस समूहका १७१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना देखिनेको संख्या ६ लाख २८ हजार ९४२ पुगेको छ । देशभर हाल ६८ हजार ९५५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार २११ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ। यीमध्ये १ हजार १ सय जनाको सघन कक्षमा उपचार भइरहेको छ। सघन कक्षकामध्ये ३४७ जना भेन्टिलेटर सहायतामा छन्।
पछिल्लो २४ घण्टामा थप ३ हजार ९९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख ३१ हजार १०५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म पिसिआर र एन्टिजेन गरी ३३ लाख २२ हजार ५५४ जनाको नमुना परीक्षण भएको छ। जसमध्ये पिसिआरबाट ३२ लाख १४ हजार ७२५ जनाको परीक्षण भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ४१२ जना पुगेका छन् ।


