नेपालमा आज ४३४४ जनामा कोरोना संक्रमण पुष्टि, ८१ जनाको मृत्यु

Spread the love

काठमाडौँ, जेठ २६ (ई-रैवार) 

नेपालमा आज थप ४३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२०७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी ४३४४ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर ८० हजार ३३६ जना सक्रिय संक्रमित छन्। देशभर निको हुनेको दर ८५। २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा अवधिमा ५ हजार ७६८ जना कोरोनाबाट मुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ । देशभर हालसम्म कोरोनाबाट ८ हजार १७९ जनाको मृत्यु भएको छ।