नेपालमा आज १८३१ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

Spread the love

काठमाडौं, असार २७ (ई–रैवार)

नेपालमा आज थप १८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५३५ पीसीआर परीक्षणमा १२३७ जना र ३६८३ एन्टिजेन परीक्षणमा ५९४ जनागरी १८३१ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ५५ हजार ४४९ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख १९ हजार ८९४ पुगेको छ ।

अहिले २६ हजार १७३ जना सक्रिय संक्रमित रहेका छन् ।नेपालमा अहिले संक्रमण दर २२.३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३८२ पुगेको छ ।