भारतीय पक्षद्वारा हुलाकी सडक कालोपत्रेको काममा अवरोध

Spread the love

कञ्चनपुर, जेठ १९ (ई-रैवार) 

भारतीले कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडकमा अवरोध पुर्‍याईएको छ । भारती पक्षद्वारा निर्माणाधिन हुलाकी सडक अन्र्तरगत कञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा अवरोध गरेको हो ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको सडक निर्माण कम्पनीले जनाएको छ । निर्माण व्यवसायी चक्रदीप शाहका अनुसार गत वर्ष ग्रावेल तथा बेस, सव–बेसको काममा अवरोध गरेको एसएसबीले यो वर्षपनि कालोपत्रेको तयारी गर्दा अवरोध गरेको हो।

“बाटो तेहि हो। अरु ठाउँबाट छैन्। “बाटो तेहि हो। अरु ठाउँबाट छैन्। १३ सय मिटरमा हिड्न समेत दिदैनन्। उनीहरु आइहाल्छन्। गत वर्ष बेसको काम हुँदै थियो, काम रोकियो। यो पटक कालोपत्रेका लागि तयार गर्दै थियौ। अझ उहाँहरु आउनु भयो। धम्काउनु हुन्छ। भारतीय क्षेत्र पर्ने भन्दै काम नगर्न भन्छन्,” उनले भने।

गत बर्ष साउनमा फिल्मीशैलीमा तामझाम र फौजफक्कड ल्याएर भारतीय सुरक्षाकर्मी सहितका प्रशासनिक अधिकारीले निर्माण भईरहेको हुलाकी सडक अवरोध गरेर फर्किएका थिए । भारतीय पक्षले रिफ्रेन्स पिलर ३८ लाई सीमा पिलर मानेर पटकपटक अनावश्क विवाद झिक्दै आएको छ ।

रिफेन्स पिलर क्षेत्रको पुर्वतिर १२ सय मिटर सडक भारतमा पर्ने भन्दै काम रोक्न अनावश्यक बखेडा झिक्दै आएको स्थानीय हरिचन्द ठकुरी बताउँछन् । भारतीय पक्षले जिपिएस नक्साका माध्यम बाट उक्त सडक भारतको भूमिमा पर्ने दावि गर्दै काममा अवरोध गर्दै आएको छ ।