नेपालमा आज ४३६९ जनामा कोरोना संक्रमण पुष्टि, १०९ जनाको मृत्यु

Spread the love

काठमाडौँ, जेठ १६ (ई-रैवार) 

नेपालमा आज थप ४३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६ हजार २०५ जना संक्रमणमुक्त भएका छन्। हाल कोरोनाका सक्रिय संक्रमित १ लाख ८ हजार ८९७ जना रहेका छन्।

कोरोना भाइरस संक्रमण परीक्षणको संख्यामा कमी गरेसँगै पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्यामा कमी देखिएको हो । नेपालमा अझै पनि संक्रमणको दर उच्च रहेको छ । आज पनि परीक्षण गरेकोमा संक्रमणको दर ३४ प्रतिशतभन्दा माथि देखिएको छ । यसअघि दैनिक २० हजारमाथि परीक्षण हुँदै आएकोमा आइतबार यो संख्या १२ हजार ७७० मात्र रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १०९ जनाको कोरोनाबाट मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ७ हजार २७२ जनाले ज्यान गुमाएका छन्।