काठमाडौं, जेठ २७ (ई-रैवार)
आज विभिन्न स्थानमा वर्षाको भएको छ । मुलुकभर पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज पनि विभिन्न स्थानमा वर्षाको भएको हो ।
जल तथा मौसस पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यो क्रम शनिबारसम्म कायम रहने महाशाखाले विहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि (शुक्रबार) बाट नेपालमा यो वर्षको मनसुन सुरु हुने छ । पूर्वी नेपाल हुँदै भोलिबाट मनसुन सुरु हुन लागेको हो ।
“भोलि पूर्वबाट नेपालमा एउटा न्यूनचापीय क्षेत्र प्रवेश गर्ने देखिन्छ । त्यसैले भोलिबाट नेपालमा मनसुन सुरु हुने छ,” मौसमविद् समीर श्रेष्ठ भन्छन् ।
अहिले नेपालमा प्रि–मनसुनको चलिरहेको छ । हाल नेपालमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।
यसैबीच, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ विभागले जनाएको छ । देशका केही स्थानमा भारी वर्षाको संभावना रहेको मौसमविद् श्रेष्ठ भन्छन् ।
उनले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताए । देशका एकदुई स्थानमा भने भारि वर्षाको संभावना छ ।
देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र केही स्थानमा भारी वर्षा पनि हुने देखिएकाले आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ ।


