कारागारका दुई जनामा कोरोना संक्रमण

कारागारका दुई जनामा कोरोना संक्रमण
Spread the love

नेपालगञ्ज, साउन २ (ई-रैवार)

बाँकेको नेपालगञ्ज कारागारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा नेपालगन्ज कारागारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालगन्ज कारागारमा रहेका एक जना थुनुवा र एक जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए । नेपालगन्ज उपमहानगरपालिकाका–६ का २८ वर्षीय र सुर्खेत गुर्भाकोट ६ का ३० वर्षीय प्रहरी जवानमा कोरोना पोजेटिभ भएको हो ।

प्रहरी जवान नेपालगन्ज कारागारमा कार्यरत रहेका छन । उनीहरुमा लक्षण देखिएपछि अस्पतालमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन श्रेष्ठले बताए ।

उनीहरुलाई खजुरास्थित शुसिल कोइराला प्रखर अस्पतालमा रहेको आइसोलेशनमा राखिएको फोकल पर्सन श्रेष्ठले बताए । हाल बाँकेमा १८ जना आइसोलेसनमा रहेका छन ।