काठमाडौँ, जेठ १५ (ई-रैवार)
नेपालमा आज ४ हजार ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षणमा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५०९ रहेको छ। पछिल्लो २४ घण्टामा ६ हजार ८० जना कोरोना संक्रमण मुक्त भएका छन् । देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ११६ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार १६३ पुगेको छ ।


